Websoft University

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल तीन दिने भ्रमणमा

काठमाण्डौ कार्तिक २६ गते । रातो तारा डट कम, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आउनुभएकोछ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको राजकीय भ्रमणमा आउनु भएको हो । उहाँलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्वागत गर्नुभयो । बंगलादेशी राष्ट्रपतिको यो तीन दशकपछिको नेपाल भ्रमण हो । यो भ्रमणले दुई देशबीचको व्यापारिक सम्बन्ध पुनःप्रवर्धन हुने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद कात्तिक २६ गतेदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनुहुने छ । उहाँको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको थियो । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर पनि प्रदान गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.