Websoft University

सरकारले धानको मूल्य तोक्यो


काठमाण्डौ मंसिर १ गते । रातो तारा डट कम, सरकारले धानको समर्थन मूल्य तोकेको २१ दिनपछि धान खरिद सुरु गरेको छ । सरकारले धान खरिदका लागि कार्तिक ७ मा तोकेको समर्थन मूल्य किसानले पाऊन् भन्नका लागि सबै किसानहरुलाई धान संकलन केन्द्रमा सम्पर्क गर्न आग्रह पनि गरेको छ । 

गत वर्ष मात्रै सरकारले तोकेको धानको समर्थन मूल्य नपाएको गुनासो किसानहरुले गरेका थिए । यसवर्ष पनि त्यो समस्या नदोहोरियोस् भन्नका लागि सरकारले सबै किसानलाई बिचौलियामार्फत् नभई आफंै धान संकलन केन्द्रमा गएर धान बेच्न आग्रह गरेको छ । यो वर्षका लागि सरकारले तोकेको समर्थन मूल्यअनुसार मोटा धान प्रतिक्वीन्टल २ हजार ५ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रतिक्वीन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसामा खरिदबिक्री हुनेछ । 

खाद्य भण्डारणस्थलमा पुग्न समस्या, यातायातको असुविधालगायतका कारण किसानले तोकिएको मूल्य पाउन सकेका छन् । नेपाल खाद्य संस्थानका निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमणीराज खनालले महेन्द्रनगर, धनगढी, राजापुर, टिकापुर, सति, नेपालगञ्ज, भैरहवा, विरगञ्ज, लहान, जनकपुर, विराटगर, विर्तामोड लगायतका स्थानमा सरकारले संकलन केन्द्र राखेको र त्यहाँ गएर धान बेच्न सकिने र सरकारले तोकेको मूल्य लिन सकिने बताउनुभयो । 

किसानहरूले दुःख गरेर धान फलाउने तर विचौलियाका कारण उचित मूल्य नपाउने समस्या बर्सेनी दोहरिन थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि समस्या समाधानको पहल गरेको छ । यो वर्ष सरकारले तीस हजार मेट्रिकटन धान न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने लक्ष्य लिएको छ । सरकारको यो लक्ष्य प्राप्तिका लागि विचौलीयालाई नियन्त्रण र किसानमा जागरणको आवश्यकता देखिन्छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.