Websoft University

१७ राजनीतिक दलले आचारसंहिता पालना गर्ने प्रतिबद्धता गरे


काठमाण्डौ कार्तिक १५ गते । रातो तारा डट कम,प्रमुख राजनीतिक दलसहित १७ दलले मंसिर १४ गते हुने उपनिर्वाचनमा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचन आयोगले बोलाएको बैठकमा विभिन्न १७ दलका प्रतिनिधिले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । 

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदमा हुने उपनिर्वाचनको समयमा आचारसंहिता पालनाको विषयमा छलफल गर्न आयोगले सरकार र विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो । सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली छलफलमा सहभागी हुनुभएको थियो । 

नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, नेपाली काँग्रेसका तर्फबाट नेता एनपी साउँदलगायत नेता छलफलमा जानुभएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा ७६ दलले र स्थानीय तहको उपनिर्वाचनमा ७८ दलले सहभागिता जनाउँदैछन् ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.