Websoft University

नेकपा र कांग्रेसको चियापान यहि २९ र २६ हुने


काठमाण्डौ असोज २३ गते । रातो तारा डट कम,प्रमुख राजनीतिक दलहरुले हरेक वर्ष चाडवाडका बेला गर्ने चियापान कायक्र्रमलाई यस वर्ष पनि निरन्तरता दिँदै छन् । सत्तारुढ दल नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसले चियापान कार्यक्रम तय गरेका छन् । नेकपाले चाडबाडको अवसरमा गर्ने चियापानमा एक लाखलाई निम्तोको तयारी गरेको छ । नेकपाले दसैँ, तिहार, छठ, नेपाल सम्बत, उधौली लगायत अवसरमा २९ असोजमा शुभकामना आदान–प्रदानसहित कार्यक्रम भृकुटीमण्डपमा गर्ने भएको हो । पार्टी पंक्तिबाहेक १ लाखलाई निमन्त्रणा पत्र नै पठाउने नेकपाको तयारी छ । यस्तै नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन दशैं, तिहार र छठको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभएको हो । चियापान पार्टी कार्यालयमा हुनेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.