Websoft University

बेलबारीका इन्स्पेक्टरको सरुवा गर्न नेकपाका व्यापारीहरु मन्त्री सम्म


शिव भट्टराई  मोरङ।रातो तारा डट कम,इलाका प्रहरी कार्यलय बेलबारीमा दुई महिना अघि सरुवा भई आएका इन्स्पेकटर गुणराज बुढाथोकी केही दिन देखि चर्चामा आएका छन ।

प्राय बेलबारी प्रहरीमा सरुवा हुदा वा अन्य कार्यलयबाट सरुवा भई आउदा प्राय गुपचुप नै हुन्छ । तर बुढाथोकी पछिल्लो समय चर्चामा आइरहेका छन । तर उनी आफुलाई चर्चामा आउन नचाहाने व्यक्ती मान्दछन ।

बुढाथोकिले पछिल्लो समय अपराधिक घटना न्युनिकरण गर्न अभियान नै चलाएका छन । उनले विशेष गरि होटल व्यवसायलाई प्रमुख निगरानी गरेर अघि बढिरहेका छन । रातको समयमा अवेर सम्म होटल सञ्चालन गर्ने र होटलमा विना काम बस्ने व्यक्तिहरुलाई निगरानी गरेर अभियान नै चलाएका छन ।

बेलबारी,सुन्दरहरैचा तथा इलाका प्रहरी कार्यलयको क्षेत्र भित्र पर्ने हरेक होटलहरुलाई १० बजे देखि उता प्रहरीले निगरानी बढाएको छ ।

इन्स्पेक्टर बुढाथोकिको विषयलाई लिएर नेकपा निकट केही व्यक्तीहरुले केही दिन अघि कानुन मन्त्री भानु भक्त ढकाललाई समेत भेट गरेको स्रोतले बताएको छ ।

केही दिन अघि मन्त्री ढकाल आफ्नो क्षेत्र आउदा नेकपा निकट केही व्यापारीहरु साथै युवा संघका केही व्यक्तिहरु बिच भएको भेटघाटमा समेत इन्स्पेक्टरले नटेरेको भन्दै सरुवा गर्न माथिल्लो तह सम्म कुरा पुर्याउन आग्रह गरेको स्रोतको दाबी छ ।
तर बेलबारी र सुन्दरहरौचाका केहि व्यापारीले भने इन्स्पेक्टरको बुढाथोकिको सरुवा गर्न नहुने बताएका छन । उनिहरुले अहिले बजारमा आएको हल्ला हल्ला मात्र भएको बताउछन ।

इन्स्पेक्टर बुढाथोकी पछिल्लो समय अपराधिक घटना न्युनिकरण गर्न आफै सकृय भई विभिन्न होटलमा छापा मार्दै आएका छन । होटल छापा मार्दा होटलमा अनैतिक ( यौन ) कृयाकलाप हुने गरेको र छापा मार्दा उनिहरुको रोजिरोटी नै खोसिएको कारण पनि प्रहरी विरुद्द केही व्यक्तिहरु लागेको बेलबारीका एक व्यपारीले बताए ।

उनले केही राजनितिक व्यक्तिहरुको फाइदाको लागि शान्ती सुरक्षा कायम गर्न बसेको व्यक्तिलाई प्रभावमा पार्न नहुने बताउछन ।

उनको सरुवाको विषय लिएर नेकपाका केही व्यापारी र ठेक्केदारहरु यति खेर मन्त्री देखि नेकपाका केन्द्रिय नेताहरु बिच बुढाथोकिको सरुवा गरिदिनुहुन भन्दै हार गुहार गर्न थालेका छन ।

पछिल्लो समय यस क्षेत्रमा शान्ती सुरक्षा कम भईरहेको बेला प्रहरीको सरुवा गर्न नहुने सुन्दरहरैचका केही वुद्दिजिविहरु बताउछन । उनिहरुले प्रहरीलाई शान्ती सुरक्षाको विषयमा स्वतन्त्र रुपमा काम गर्न दिनु पर्ने बताउछन ।

बेलबारी प्रहरीले भेट्ने क्षेत्र ( बेलबारी,केराबारी,सुन्दरहरैचा र ग्रामथान) का जनप्रतिनिधी ( मेयर) ले समेत उनको पक्षमा बोलिरहेका छन । उनिहरुले शान्ती सुरक्षा कायम गर्न जस्तो सुकै कदम चाल्न सुझाव दिदै आएका छन ।

शान्ती सुरक्षा न्युनिकरण भईरहेको अवस्थामा प्रहरीले होटल सञ्चालनमा समय तोकेकै विषय र कुनै राजनितिक दलले भनेको नमान्दा प्रहरीको सरुवा गर्ने कार्य नेकपाले गर्छ भने भोलि हुने अपराधिक घटनाको जिम्मेवारी नेकपाले लिनु पर्ने स्थानियहरु बताउछन ।

प्रहरीले होटल सञ्चालनमा समय तोकेपछी पछिल्लो समय स्थानिय जनताहरुले प्रहरीको प्रशंसा गर्न थालेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.