Websoft University

नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१९ को ग्राण्ड फिनाले असोज १७ मा भव्य रूपमा हुने


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,थारु कला केन्द्रले आयोजना गरेको नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१९ सिजन २ काे फाइनल आश्वीन १७ गते हुने भएकाे छ । बिराटनगरमा बुधबार पत्रकार सम्मेलनकाे आयोजना गरी साे कुराकाे जानकारी गराइएकाे हाे भने पूर्व उपप्रधान तथा गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य बिजयकुमार गच्छदारले उद्घाटन गर्ने जनाएको छ।

बि.सं २०७४ साल भदाै २८ गते देखि थारू कला केन्द्रकाे स्थापना गरी थारू समुदायकाे प्रतिभा उजागर गर्न, थारू भेष-भुषा-भाषा तथा थारू कला संस्कृतीकाे संरक्षण गरि राष्ट्रिय अन्तराष्ट्रिय स्थतरमा थारू संस्कृती लाइ चिनाउने उद्देश्यले मिस्टर एण्ड मिस थारु आइकनकाे सुरूवात गरिएकाे थारू कला केन्द्रका अध्यक्ष देव कृष्ण बिश्वासले बताउनु भयाे । गत वर्ष नोबेल मिस्टर एण्ड मिस थारु आइकन सिजन १ काे सफलता पश्चात यस वर्ष पनि साेहि कार्यक्रमलाइ निरन्तरता दिने क्रममा सिजन-२ काे फाइनल आश्वीन १७ शुक्रबार दिउसाे २ बजे देखि विरेन्द्र सभा गृह विराटनगरमा गरिने अध्यक्ष विश्वासले बताउनुभयाे ।

सुनसरीकाे झुम्का र दुहबीमा, उदयपुरकाे गाइघाट, झापाकाे बिर्तामाेड र माेरङकाे बिराटनगर र नेताचाेकमा गरी प्रदेश नं. १ का थारू समुदायहरूबाट ५२ जनाले अडिसन दिएका थिए भने ३२ जना अडिसन बाट छनाेट भइ बन्द सत्रकाे तालिममा सहभागि भएका थिए । भदाै २१ गते देखि १ महिना सम्म सञ्चालन भएकाे बन्द सत्रकाे तालिममा थारू भाषा र संस्कृती विशेषज्ञ भाेलाराम चाैधरी र सम्पतलाल चाैधरीले थारू भाषा सम्बन्धी तालिम दिएका थिए भने तालिम अबधिभर मेडिटेसन, माेटिभेसन, मास्टर अफ सिराेमनी, नेतृत्व बिकास सम्बन्धी तालिम, स्वास्थ्य सम्बन्धी तालिम, लाेकसेवा आयोग, कानुन सम्बन्धी तालिम, व्युटिसियन सम्बन्धी तालिम, स्किन केयर सम्बन्धी तालिम, माेडलिङ तथा संगित कक्षा सम्बन्धी समेत तालिम दिइएकाे कार्यक्रम संयाेजक पुष्पे थारूले जानकारी दिनुभयाे ।

साथै सुन्दरहरैचाकाे जेसिज हलमा थारू समुदायका विभिन्न परिकारहरू भक्का, बगिया, घाेङ्घी, सिद्राहा तथा माछा र मासुका परिकारहरूकाे प्रदर्शनी गरिएकाे थियाे । प्रशिक्षार्थीहरूमा सामाजिक क्षेत्रमा काम गर्ने प्रेरणा मिलाेस भनि विराटनगरकाे बृद्धा आश्रममा गइ बृद्धबृद्धाहरू संग स्नेह साटासाट गरिनुका साथै फलफुल समेत वितरण गरिएकाे थियाे ।


नाेबेल मिस्टर एण्ड मिस थारू आइकन २०१९ सिजन २ का विजेता जाेडी (मिस्टर थारू र मिस् थारू) ले नाेबेल मेडिकल कलेजकाे तर्फबाट ५०/५० हजार रूपैँया नगत प्राप्त गर्ने छन् भने फस्ट रनरअपले ३०/३० हजार र सेकेण्ड रनरअपले २०/२० हजार नगद प्राप्त गर्ने छन् । साथै स्टाप नर्स पढ्न चाहने एक जनाले नाेबेल मेडिकल कलेजमा पुर्ण छात्रबृति पाउने छ । भने २ जना प्रतिस्पर्धी लाई शास्त्रीय संगित काेर्समा ३ वर्षकाे लागि छात्रबृतीकाे व्यवस्था रहेकाे छ । एसियन थाई फुड्स, बि एण्ड सी इन्सटिच्युट , काब्या फर्मा डिस्ट्रिब्युटकाे तर्फ बाट ३२ जना प्रशिक्षार्थीहरूलाइ आकर्षक गिफ्ट प्रदान गरिने छ । साथै प्रवासी थारू दुबइकाे तर्फ बाट नाेबेल मिस्टर एण्ड मिस थारू आइकन २०१९ सिजन २ का विजेता हरु लाई १ हप्ताकाे दुबइ भ्रमण प्याकेजमा भ्रमण गराउने अवसर प्रदान गर्ने थारू कला केन्द्रका  सचिव एलएन गच्छदारले जानकारी दिनुभयाे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.