श्याम राई-गाईघाट,भदौ २७ गते । रातो तारा डट कम, बलात्कारको घटनामा दोषी ठहर भै फरार रहेका उदयपुरका एक अभियुक्त २२ वर्षपछि पक्रऊ परेकाछन्।
०५२ सालमा स्थानीय एक महिलालाई सामाुहिक बलात्कारगरि फरार भएका त्रियुगा नगरपालिका वडा न. ४ का ४३ वर्षिय हरी नारायण सदालाई प्रहरीले विहीबार पक्राउ गरेको हो । बलात्कारको अभियोगमा पक्राउ परेका उनलाई जिल्ला अदालतले शुरुमा निर्दोष रहेको भन्दै सफाई दिएको थियो । तर पिडित परिवारले जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन अदालत राजविराजमा पुनरावेदन गरेको थियो । पुनरावेदन अदालतले ०५५ पौष २० गते उनलाई दोषी ठहर गर्दै ४ वर्षको कैद सजाय सुनाएको थियो । पुनरावेदनको फैसला लगतै उनी फरार रहेका थिए ।
बलात्कार अभियोग लागेको बेला सदा १९ वर्षका थिए । उनी भारत लगायतका ठाउँमा लुकेर बस्दै आएका थिए । प्रहरीले केही दिन अघि सदा सिराहाको लाहानमा लुकेर बसेको पत्ता लगाएपछि उनलाई लुकेर बसेको अवस्थामामै अदालतका सुरक्षा कार्यालय सहयोगी नारायण ढकालको टोलीले साँझ लहानबाट पक्राउगरि अदालतमा हाजिर गराएर कैद भुक्तानीको लागि उदयपुर कारागार चलान गरिएको अदालतमा नासु नारायण थापाले बताए ।
सामुहिक बलात्कारको घटनामा सदासँगै अन्य दुई जना संलग्न रहेकोमा अदालतले उनीहरुलाई समेत कैद सजाय गरेको थियो । तर उनीहरु फरार रहेकाले अझै पक्राऊ पर्न नसकेका छन् । अदालतका श्रेष्तेदार राज कुमार आचार्यले ति फरार दुईको नाम सुरक्षाको कारण खुलाउन नमिल्ने भन्दै उनीहरुको समेत खोजी भैरहेको बताए ।

Post a Comment