Websoft University

अत्याधुनिक प्रविधि सहितको शितभण्डार बन्ने


काठमाण्डौ असोज ८ गते । रातो तारा डट कम,सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुल्कोटमा अत्याधुनिक प्रविधि सहितको शितभण्डार बन्ने भएको छ । शित भण्डारको असोज ६ गते पूर्व कृषिमन्त्री तथा संघीय सांसद हरिबोल प्रसाद गजुरेलले शिलान्यास गर्नुभयो । प्रदेश नम्बर ३ सरकारको ५ करोड ३० लाख रुपैयाँ, सुनकोशी गाउँपालिकाको २ करोड र मुकुटेश्वरी बहुउदेश्यीय कृषि सहकारी संस्थाको १० प्रतिशत लागतमा शितभण्डार निर्माण हुन लागेको हो । दुई तलाको शितभण्डार निर्माणको जिम्मा ईजि निर्माण सेवाले पाएको छ । हिजोबाट नै निर्माण सुरु भएको शितभण्डार अबको ११ महिनामा सम्पन्न गरी सक्ने गरी ईजि निर्माण सेवासँग सम्झौता भएको मुकुटेश्वरी बहुउदेश्य कृषि सहकारी संस्थाका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.