Websoft University

चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्रीबीच आज भेटवार्ता हुने– भेटवातामा चीन–काठमाडौं रेलमार्ग निर्माण लगायतका विषयमा छलफल हुने


काठमाण्डौ भाद्र २३ गते । रातो तारा डट कम,चिनियाँ विदेशमन्त्री वाङ यी र समकक्षी प्रदीप ज्ञवालीबीच आज भेटवार्ता हुने भएको छ । तीन दिने नेपाल भ्रमणमा हिजो काठमाडौं आउनुभएका चिनियाँ विदेशमन्त्री वाङले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको थियो । परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन–काठमाडौं रेलमार्ग निर्माण लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आउनुभएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.