Websoft University

चिनियाँ कम्युनिस्ट पार्र्टीबीचको साझा छलफल आज पनि जारी



काठमाण्डौ असोज ७ गते । रातो तारा डट कम,सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्र्टीबीचको साझा छलफल जारी रहेको छ । चिनियाँ राष्ट्रपति ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिस्ट पार्र्टीले काठमाडौंमा हिजोदेखि आज सम्म छलफल गरिरहेका छन ।

दुई पार्टीले एकअर्काका विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिक योजनाबारे छलफल सुरु गरेका हुुन् । आज साझा निस्कर्षसहित अन्र्तक्रिया सकिनेछ । नेकपा स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले काठमाडौंमा संयुक्त रूपमा औपचारिक कार्यक्रम आयोजना गरेका हुुन् । 

कम्युनिस्ट पार्टी स्थापनाको झन्डै १०० वर्ष, जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्ष र चिनियाँ राष्ट्रपतिको हुन लागेको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा दुई पार्टीबीच समाजद र कम्युनिष्ट नीतिका विषयमा छलफल भएको हो ।  आज दुई देशका कम्युनिस्ट पार्टीबीच औपचारिक रूपमा भाइचारा सम्बन्ध स्थापित गर्ने र सहयोग आदानप्रदान हुनेछ एक आपसमा बिश्वास बढ्ने भन्दै आम नेपालीले यस कुरालाई सकरात्मक रुपमा लिएका छन । 

दुवै पार्टीका विदेश विभागले आज एक सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको नेकपाको सचिवालयले जनाएको छ । सहमतिपत्रमा नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गर्नुहुनेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.