Websoft University

भारतबाट विषादी परिक्षण नगरी नेपाल ल्याउदै गरेको तरकारी प्रहरीले बरामद गर्यो


विराटनगर । रातो तारा डट कम,विराटनगरबाट प्रहरीले परिक्षण नगरि ल्याएको तरकारी बरामद गरेको छ । जोगबनीबाट विषादी परिक्षण नगरी ल्याएको तरकारी प्रहरीले बरामद गरेको हो ।

आयातीत तरकारी खरिद गर्ने व्यापारीले पुरानो विषादी परीक्षण गरेको रिपोर्ट देखाएर भारतीय तरकारी नेपाल भित्रने गरेको पाइएको छ । विराटनगर १४ स्थित पुरानो हवाई फिल्ड मलायरोडबाट करिव ६ सय किलो तरकारी बरामद गरेपछि यस्तो रहस्य खुलेको हो।

विराटनगर भन्सार रानीबाट विषादी परिक्षण नगरी नेपालतर्फ आउँदै गर्दा आज प्रहरीले तरकारी नियन्त्रणमा लिएको जनाएको छ ।

आयातीत तरकारीको विषादी परीक्षण गर्न झापाको विर्तामोडस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा लग्नु पर्ने झन्झट र विराटनगरदेखि करिब १ सय किलोमिटर टाढा भएका कारणले गर्दा व्यापारीले चलाखी गरेर पुरानो परीक्षण रिपोर्ट देखाएर तरकारी भित्र्याउने गरेका हुन् । दुई साता बढी पुरानो बिषादी परीक्षणको प्रमाणपत्र र बिलको आधारमा ब्यापारीले तरकारी ल्याइरहेको फेला परेपछि ४ ठेला तरकारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।बरामद गरिएका तरकारी विराटनगर भन्सार कार्यालयलाई बुझाइएको उनले बताए।

प्रहरीले बरामद गरेको परवल, गोलभेँडा,चटेल र खुर्सानी रहेको छ। बरामद गरिएको तरकारीको साउन ३० गते भन्सार बिल काटिएको छ भने साउन ३१ गते विर्तामोडस्थित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाइबाट बिषादी परीक्षण गरिएको प्रमाणपत्र तरकारी ल्याउँदै गरेको ठेला चालकसँग भेटिएको छ । प्रहरीको आँखा छल्न व्यापारीको निर्देशनमा ठेलावालाले बिल र बिषादीको प्रमाणपत्र दुई साता पुरानो देखाएर नेपाल तरकारी भित्र्याउने गरेका छन् ।

विराटनगरस्थित राम ट्रेडर्सको नाममा सो तरकारी आयात गरिएको बरामद तरकारीको बिलमा उल्लेख छ । बरामद गरिएका तरकारी र बिलमा उल्लेख गरिएको परिमाण समेत फरकफरक छ। बिलमा काँक्रा, हरियो खोर्सानी उल्लेख नगरिएको भए पनि ती सामग्रीहरू समेत ठेलामा लोड रहेको भेटिएको छ।

ब्यापारी र भन्सारका कर्मचारीको मिलेमतोमा एउटै बिल र प्रमाणपत्र देखाएर पटक पटक तरकारीलगायतका सामग्री ओसार्ने गरिएको बुझिाएको छ । यता विराटनगर भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी मनिराम पौडेलले आयातित तरकारीको विषादी परीक्षण नगरी नेपाल भित्र्याउन नपाउने गरेको बताए । खबरपूर्वान्चल डट कम

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.