Websoft University

यज्ञप्रसाद ओलीले आफ्नी स्वर्गीय आमाको स्मृतिमा २१ लाख पोखरी मा बि लाई दिए


काठमाण्डौ भाद २४ गते । रातो तारा डट कम,तेह्रथुमको आठराइ गाउँपालिका क्षेत्रका शैक्षिक संस्थालाई एक व्यक्तिले एकैपटक २१ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएको खवर छ । 
आठराई गाउँपालिका–५, छातेढुंगाको गैरीगाउँमा जन्मिएर हाल झापाको राजगढ बस्दै आउनुभएका यज्ञप्रसाद ओलीले आफ्नी स्वर्गीय आमाको स्मृतिमा २१ लाख रुपैयाँको ‘गंगामाया डाँगी ओली स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नुभएको हो ।  

छातेढुंगास्थित पोखरी माविको शनिबार भएको वार्षिकोत्सव समारोहमा समाजसेवी ओलीले तेह्रथुम बहुमुखी क्याम्पस र गाउँपालिका क्षेत्रका सबै नौ वटा माविमा दुई–दुई लाख रुपैयाँ र छातेढुंगाको होडास्थित सरस्वती माविमा एक लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको घोषणा गर्नुभएको हो । 

ग्रामीण क्षेत्रमा रहेका शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीको प्रोत्साहन र शैक्षिक उन्नयनकालागि आफुले जन्मथलोका ११ वटा शैक्षिक संस्थामा एकैसाथ छात्रवृत्ति अक्षयकोष स्थापना गरेको उहाँले बताउनुभयो । सबै क्याम्पस र विद्यालयमा छुट्टा–छुट्टै कोष खडा भएकाले अब वार्षिक रुपमा क्याम्पस र विद्यालयले उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गर्ने जनाईएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.