Websoft University

दशैमा प्रहरीले बिशेश सुरक्षा ल्याउदै-मोरङमा ६ सय ९० जना प्रहरी खटाइने


विराटनगर । रातो तारा डट कम,जिल्ला प्रहरीकार्यालय मोरङले दशैंमा मोरङमा विशेष सुरक्षा योजना अपनाएको छ । कुनै पनि अप्रिय घटना हुन नदिन मोरङमा ६ सय ९० जना प्रहरी पचिरलान गरिने भएको छ ।

दशैमा विराटनगर महानगरमा जनघनत्व बढी हुने र आर्थिक कारोबार पनि बढी हुने भएकोले प्रहरीले विशेष सुरक्षा योजना अपनाएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए । यस पटकको दशैंमा मोरङ प्रहरीले विराटनगरमा ५ सेक्टरमा सुरक्षा दिने रणनीति अपनाएको छ ।

विराटनगर बाहिर ९ सेक्टरमा सुरक्षा रणनीति तय गरेका गरेको अधिकारीले बताए । प्रहरीले विराटनगरमा पाँच सेक्टरमा विभाजन गरिएको सुरक्षामा गाडी मोबायल, सादा पोशाक, सिआरभी गाडी, पिकेट, पैदल, साईकल गस्ती गर्ने भएको छ ।

चहलपहल बढी हुने स्थानमा प्रहरीले विशेष निगरानी गर्ने भएको छ । अप्रिय घटना हुन नदिन वित्तीय संघसस्था, सुनचाँदी र आर्थिक कारोबोरा बढी हुने स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.