Websoft University

शिक्षादीप कलेजले ५० लाखको छात्रवृद्धि दिने घोषणा

विराटनगर असोज ९ गते । रातो तारा डट कम विराटनगर स्थीत शिक्षादीप उच्च माविले राष्ट्रिय परिक्षा बोर्डले भर्खरै सार्वजकि गरेका कक्षा ११ को परीक्षामा उत्तिर्ण हुनेलाई विद्यार्थीलाई सम्मान गरेको छ ।

कलेजले आज विहिबार कलेजलमा एक कार्यक्रम गरी विद्यार्थीलाई सम्मान गरेको हो । उत्तिर्ण हुने विद्यार्थीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का माला र अविर लगाएर तथा सम्मान पत्रले सम्मान गरेका थिए । विज्ञान संकायमा अनिषा कार्की र आरोन श्रेष्ठ दुवैले ३ दशमलव ८६ जिपिए ल्याएर कलेज टप गरेको कलेजले जनाएको छ ।

यसैविच कलेजले  ३ दशमलव ८६ जिपिए ल्याउँने सवै विद्यार्थीहरुलाइृ करिव ५० लाख बरावरको छात्रवृद्धि दिने कलेजका प्रिन्सिपल खडकाले घोषणा गरेको बताए ।

शिक्षादिपबाट उतिर्ण गरेका सवै विद्यार्थीले २ दशमलव ८१ जिपिए देखि ३ दशमलव ८६ जिपिए ल्याएर उतिर्ण गरि शिक्षादिप कलेज सर्वउत्कृष्ट कलेज भएको प्रमाणित भएको प्रिन्सिपल खडकाले बताए । उपत्यकाभन्दा बाहिरबाट पहिलो नेपाल प्रथम भएका डेनिस गौतमको गरिमाको इतिहासलाई निरन्तर दिदै शिक्षादिप कलेज प्रदेश १ को उत्कृष्ट कलेज भएको प्रिन्सिपल खडकाले जमनकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.