Websoft University

औषधी पसलको अनुगमनमा कडाई गर्ने



काठमाण्डौ असोज ९ गते । रातो तारा डट कम,सरकारले औषधी पसलको अनुगमनको काममा कडाई गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले चिकित्सकको प्रेसक्रिप्सन विना नै औषधि बिक्री वितरणको काममा भइरहेको उल्लेख गर्दै औषधि पसलको अनुगमनको काममा कडाई गर्न लागिएको जानकारी गराउनुभएको हो । ‘वल्र्ड फर्मासिष्ट डे’ को अवसर पारेर काठमाण्डुमा आयोजित एक कार्यक्रममा उहाँले औषधि पसलको अनुगमन तथा त्यसका सामग्रीको व्यवस्थापनका लागि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरिरहेको पनि बताउनुभयो । औषधी पसलको अनुगमनको काम संघीय सरकार आफैंले गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै यसको जिम्मेवारीबाट पन्छिन नमिल्ने पनि राज्यमन्त्री यादवको भनाई थियो । ज्यमन्त्री यादवले औषधि पसलको अनुगमनमा उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट आवश्यक सहयोग पाउन नसकेको गुनासो पनि गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.