Websoft University

थारु महिला सभा सुन्दरहरैचा द्वारा आयोजित जितिया सांस्कृतिक कार्यक्रम सम्पन्न


शिव भट्टराई ,मोरङ।रातो तारा डट कम,प्रदेश नं. १ को सुन्दरहरैंचा नगरपालिका-७ स्थित गछियामा रहेको साजीलाल खेलमैदानमा थारु कल्याणकारी सभा र थारु महिला सभा नगरकार्यसमितिद्वारा आयोजना गरिएको जितिया सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रममा प्रदेश १ का सांसद चुमनारायण तबदारको प्रमुख आतिथ्यता रहेको थियो भने महिला सभा नगर कार्यसमितिकी अध्यक्ष दुर्गा चौधरीको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तवदारले थारु महिलाहरुलाई अगाडी बढाउनका लागि प्रदेश सभाको तर्फबाट गर्नु पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताएका थिए।त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि सुन्दराहरैचाका मेयर शिव प्रसाद ढकाल साथै उपमेयर धना तामाङले थारु समुदायमा परेका सम्पुर्ण समस्यामा नगर बाट सहयोग गर्न पछि नपर्ने र थारु जातिहरुका जातिगत संस्कृतिको जगेर्ना गर्नका निम्ति पनि सहयोग गर्न कुनै कन्जुस्याइँ नगर्ने कुरा ब्यक्त गरेका थिए।


सो कार्यक्रममा नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१८ का बिजेता तेजेन्द्र बिश्वास र शिवानी चौधरी समेत आकर्षणको रुपमा रहेका थिए।


आईतबार भएको सांस्कृतिक कार्यक्रमको अवसरमा स्थानीय थारु समुदायका कलाकारहरुको प्रतिभा उजागर गर्न नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको थियो। नृत्य प्रतियोगिताको लागि निर्णायक मण्डलको मुख्य भूमिकामा नेपाल टेलिभिजनमा प्रसारित भएको पहिलो थारु टेलीशृंखलाका निर्देशक, निर्माता रहेका राजनारायण सेन र वरिष्ठ नाटाकार “बरेलीबालि” का कुलदिप चौधरी रहेका थिए। नृत्य प्रतियोगितामा उत्कृष्ट प्रथम, द्धितीय, तृतीयलाई नगद पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा थारु समुदायका सुमधुर स्वरका धनि गायक  प्रकाश माझी, देवकृष्ण बिश्वास, रेण चौधरी,कृष्ण खवास र गायिका सुनीरा चौधरीको बिशेष सांगीतिक प्रस्तुती रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.