Websoft University

किशोरीलाई बलत्कार गरेको आरोपमा ४ जना पक्राउ

विराटनगर असोज ५ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका – १ की १७ वर्षिय एक किशोरीलाई बलत्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । सामूहिक बलत्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका – ५ का २० वर्षिय सुरेश थानदार, सोही ठाउँका २५ वर्षिय कमल पुरी, २२ वर्षिय सन्तोषकुमार माझी र २२ वर्षिय प्रकाशकुमार थारुलाई पक्राउ गरेको हो । 

पीडित पक्षले ईप्रका हरैचामा उजुरी दिएपछि प्रहरीको टोलिले उनीहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । मोरङ प्रहरीले बलत्कारमा संलग्न चार जनालाई आज पत्रकार सम्मेलन गरि सार्वजानिक पनि गरेको छ ।
प्रहरीका अनुसार किशोरीलाई युवकहरूले मदिरा सेवन गराइ बलत्कार गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए । शनिबार राति करणी भएको खबर पाएपछि पुगेको प्रहरीले शनिबार १ बजे घटनामा संलग्न चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीले जिल्ला अदालत मोरङमा आज जवर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.