Websoft University

लायन्स क्लब अफ सिटीको अध्यक्षमा पोखरेल-एकै दिन १ सय ३ वटा सामाजिक काम गर्ने घोषणा,


विराटनगर, असोज ७ गते । रातो तारा डट कम,लयान्स क्बल अफ विराटनगर सिटीको अध्यक्षमा घनश्याम पोखरेल निर्वाचित हुनुभएको छ । पोखरेल सन २०१९÷२०२० को लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

लयान्स क्लब अफ विराटनगर सिटीको अध्यक्षमा निर्वाचित हुनुभएको पोखरेललाई सोमबार साझ लयान्स क्लब अफ अन्तराष्ट्रिय ३२५–एवानका डिस्ट्रिक गर्भनर इन्द्र खत्री (राजन) ले पदभार ग्रहण गराउनुभएको थियो । क्बलको प्रथम उपाध्यक्षमा रमेश कार्की र सचिबमा विधाकान्त दाहाल रहनुभएको छ ।

नवनिर्वाचि अध्यक्ष पोखरेलले अढाइ महिनामा ३१ वटा समाजिक काम सम्पन्न गरिसक्नु भएको छ । उहाँले आउँदो माघ १० गते एकै दिन १ सय ३ वटा सामाजिक काम गर्ने घोषणा गर्नुभएको छ । ‘एकै दिन १ सय १० वटा कार्यक्रमको घोषणा गरेका छु,’ उहाँले भन्नुभयो, ‘यो कार्यक्रम एकै दिनमा सम्पन्न गर्नेछु ।’ अध्यक्ष पोखरेलले घोषणा गरेको कार्यक्रमहरू सामाजिक कामहरू रहेका छन् । 

पोखरेलका अनुसार विराटनगर – ४ र ५ नम्बर वडाको सिमानामा पर्ने खारजी चौकस्थित ‘लयान्स पार्क’ बनाउने घोषणा पनि गर्नुभएको छ । पार्क निमार्ण गर्न विराटनगर महानगरपालिकासँग स्वीकृत प्रदान भएको पोखरेलले जानकारी दिनुभयो । माघ १० गते लयान्स पार्कको शिलन्याश हुनेछ ।

प्रदेश १ का आन्तरीक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोको प्रमुख अतिथिमा भएको पदभार ग्रहण कार्यक्रममा अन्य दुई वटा लयान्स क्बलमा पनि नयाँ नेतृत्व चयन भएको छ । जसमा लयान्स क्बल अफ विराटनगर यूनिकको अध्यक्षमा लक्ष्मण घिमिरे र ग्लोबलको अध्यक्षमा दिलसाल आलम रहनुभएको छ ।

सोही अवसमार २ जना जेहन्दार विद्यार्थीहरूलाई क्षत्रवृती पनि प्रदान गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । विराटनगरस्थित जनजागृती प्रावि स्कूलका ६ जना आर्थिक अवस्था नाजुक भएका परिवारका सदस्यहरूलाई स्कूल जाने पोशक र स्टेशनरीको सामाग्री पनि प्रदान गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.