Websoft University

दशै, तिहार र छठको उपलक्ष्यमा असोज ११ देखि कात्तिक १६ गतेसम्म छुटको महलले छुटको अफर ल्यायो

विराटनगर,असोज ७ गते । रातो तारा डट कम, चाडपर्वलाई लक्षित गरी सेन्ट्रल मल विराटनगरले  उपभोक्तालाई सहुलियत र विभिन्न उपहारको योजनाहरू राखिएको कुरा आज पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सीमावर्ती भारतीय  बजार जोगबनीमा हजारौ नेपाली उपभोक्ता हरु दैनिक करोड रुपैया भन्दा वढीको सामान खरीद गर्ने कार्यलाई न्यूनीकरण गर्न मलले ‘महाउत्सव –२०७६ ’योजना ल्याएको मलका निर्देशक प्रकाश मुन्दडाले जानकारी दिनु भयो ।

मलद्वारा आज साँझ आयोजित पत्रकार सम्मेलनमा आगामी दशै, तिहार र छठको उपलक्ष्यमा असोज ११ देखि कात्तिक १६ गतेसम्म रु आठ सयको सामान खरीदमा रु ४९ का दरले दुई केजी  चिनी तथा रु एक हजारको सामान खरीद विभिन्न उपहार तथा छुटको व्यवस्था गरेको छ ।

मलले महाउत्सवका अवसरमा प्रत्येक शनिवार नेपाली राष्ट्रिय कलाकारद्वारा विभिन्न सांगीतिक कार्यक्रम निःशुल्क प्रदर्शन गर्ने भएको छ।

मलमा एक सय भन्दा वढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रि सामानका विक्री कक्ष रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.