Websoft University

नेकपा विराटनगरमा थापा र कार्की


विराटनगर । रातो तारा डट कम, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विराटनगर महानगर अध्यक्षमा सागर थापा चयन हुनुभएको छ ।
नेकपाको शनिबार बसेको सचिबालय बैठकले तत्कालिन नेकपा एमालेका नगर इञ्चार्ज थापालाई अध्यक्ष चयन गरेको हो ।
जिल्ला कमिटि सरहको हैसियत भएको महानगरको सचिबमा हेम कार्की छानिएका छन् । कार्की नेकपाका प्रदेश कमिटि सदस्य छन् । महानगरको सचिबमा नमिता न्यौपानेको दावी थियो । उनी साविक नेकपा माओवादी केन्द्रका नगर संयोजक हुन् ।
यसअघि पार्टी केन्द्रले बनाएको मापदण्ड साविकको पार्टीका अध्यक्षमध्येबाटै अध्यक्ष र सचिब बनाउने थियो । तर, विराटनगरमा भने त्यो तोडिएको छ । साविक एमालेबाट मापदण्ड अनुसार थापा अध्यक्ष बनेपनि साविक माओवादी केन्द्रबाट भने नेताहरूको स्वार्थको कारण कार्की सचिब बनेका हुन् । यसअघि कार्कीले भने अध्यक्षको दावी गर्दै आएका थिए ।

मापदण्ड विपरित महानगरको जिम्मेवारी तोकिएकै कारण जिल्ला सदस्यले प्रदेश सदस्यको नेतृत्व गर्ने अबस्था बनेको
छ । महानगरको अध्यक्ष बनेका थापा पार्टीका जिल्ला सदस्य मात्र हुन् भने सचिब हेम कार्की प्रदेश कमिटि सदस्य हुन् । नेकपाले विराटनगरसहित शनिबार ६ वटै महानगरको नेतृत्व टुंगो लगाएको छ ।

यस्तै काठमाडौं निर्मल देउला र रविन्द्र श्रेष्ठ, ललितपुरमा मन्जली शाक्य र ज्ञानेन्द्र शाक्य, पोखरामा दीपक पौडेल, विश्वप्रकाश लामिछाने, भरतपुरमा रामप्रसाद न्यौपाने, इश्वर सापकोटा र विरगञ्जमा रहबर अन्सारी, डा. विश्वम्भर शर्मा क्रमशः अध्यक्ष र सचिवमा मनोनित गरिएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.