काठमाण्डौ असोज ५ गते । रातो तारा डट कम,दशैंमा घर जाने यात्रुको लागि आजबाट बसको टिकट बुकिङ खुला हुँदैछ छ । यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीले टिकट बुकिङ सुरु गर्न लागेको हो । आजदेखि लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुल्ने छ ।
तर उपत्यकामा यात्रु सहायता कक्ष भने असोज १० बाट मात्रै सुरु हुने छ । बढी भाडा लिन खोजे, क्षमता भन्दा बढि यात्रु चढाए, वा अन्य कुनै समस्या भए यात्रुले विभाग वा ट्राफिक प्रहरीमा उजुरी गर्न सक्ने विभागमा महानिर्देशक गोगनबहादुर हमालले सीआइएनलाई जानकारी दिनुभयो ।
यात्रुले टिकट कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगायतका स्थानबाट पाउनेछन् । दशैंमा करिब ३० देखि ३५ लाख मानिस काठमाडौं बाहिरिने अनुमान छ ।

Post a Comment