Websoft University

यातायात सुधारमा योजना एकीकृत योजना ल्याउन निर्देशन–प्रधानमन्त्री केपी शर्मा ओली


काठमाण्डौ असोज ७ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा लगानी बोर्डको ४० औँ बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले सोबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकहरुको प्रस्तावसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको 
हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई काठमाडौँ उपत्यकाको यातायात सुव्यवस्थापनमा छिटो काम गर्नुछ, ती कामहरु सबै समयमा योजनाबद्धरुपमा सम्पन्न हुनुपर्छ । मन्त्रालय र निकायले आपसमा समन्वय गर्नुपर्छ । त्यसका लागि प्रतिवेदन प्राप्त बोर्डले थप निर्णय गर्नेछ ।” बैठकले बाहिरी चक्रपथ परियोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पयिोजना, पश्चिम सेती तथा एसआर ६ संयुक्त जलविद्युत पयिोजना, तल्लो अरुण जलविद्युत्ल परियोजनासम्बन्धी विभिन्न निर्णय गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.