Websoft University

सिता राईलाई जिल्ला अदालतले १८ बर्ष ९ महिना जेल सजायको फैसला सुनायो


श्याम राई, उदयपुर भदौ २५ गते । रातो तारा डट कम, सौतालाई घाँटी रेटी हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरको कटारी नगरपालिका ४ मरुवाकी ३० बर्षिया सिता राईलाई जिल्ला अदालतले १८ बर्ष ९ महिना जेल सजायको फैसला सुनाएको छ । 

जिल्ला न्यायाधिस दीपक खनालको इजलासले मंगलबार सोही ठाउँकी २० बर्षिया लक्ष्मी राईलाई हत्या गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । पतिको घरबाट १ सय मिटर पर बस्दै आएकी सिताले कोही नभएको मौकाछोपी लक्ष्मीलाई आफ्नै घरमा ०७६ असार ८ गते बोलाई दिउँसो १ बजे तरकारी काट्ने चक्कुले घाँटी रेटेर हत्या गरेकी थिईन् ।
सिताविरुद्ध आफन्तले सोही दिन इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएका थिए । घटना लगत्तै पक्राउ परेकी सितालाई अदालतले साउन २ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । पति ३१ बर्षीय प्रधान राईले लक्ष्मीलाई कान्छि पत्निको रुपमा घरमा भित्र्याएपछि सिता घर छोडेर अलग्यै बस्दै आएकी थिईन् । 
सौता घरमा भित्रीयपछि उनी मानसिक रुपमा कमजोर बन्दै गएको स्थानीयलाई उदृत गर्दै अनुसन्धान अधिकृत इन्स्पेक्टर ललन कुर्मीले बताए । दोस्रो विवाह गरेकै बिषयमा पटक–पटक उनीहरु बीच झगडा हुने गरेको स्थानिय शंकर राईले बताएका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.