बिराटनगर भाद्र २५ गते । रातो तारा डट कम,जेसिवी प्रायोज रहेर कोशी अन्चल इट्टा उधोग व्यावसायी संघ को ९ औं वार्षिक साधारण सभा बिराटनगरमा सम्पन्न भएकोछ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिकमत कार्कीले ९ औं वार्षिक साधारण सभा उदघाट गर्नु हुदै,इट्टा भन्ने बितिकै एउटा निमाणको बलियो आधार हो भन्नसकिन्छ, भने स्वदेशी मजदुर प्रयोग गर्न सके इानै राम्रो हुने थियो  भन्नु भयो। 
कोशीमा मात्र करिव ३३ वट्टा इट्टा उधोग रहेका र यहाको मात्र कुरा गर्दा १ हजार व्यावसायीले मासिक ३० करोड मजदुरलाई ज्याला बाढ्ने गरेको भनिएको यसरी हेर्दा वार्षिक १ अर्व २० करोड हुने रहेछ यो देश निर्माणका लागि ठुलै कुरा हो  व्यावसायीलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको भन्दै कार्यक्रम सफलताको शुभ कामना दिनु दिनु भयो ।
१ नम्वरका प्रदेश सासद जयराम यादव र निलम बस्नेतले पनि आफना भनाइहरु राख्नु हुदै कार्यक्रम सफताको शुभ कामना दिनु भयो ।
उधोग संगठन मोरगका अध्यक्ष भीम घिमिरेले इट्टा व्यावसायी साथिहरुले कोशी पारिको इट्टाको भाउ र वारीको भाउ एकैप्रकारको हुनु पर्यो र कर छलि गर्नु भएन् अहिले इट्टाको बिक्लपमा राम्रो संग कुनै प्रयोगमा नआएकाले यसैलाई बिकास निमार्णको आधार मानेकोछ भन्नु हुदै,कार्यक्रम सफताको शुभ कामना दिनु भयो ।
रंगेलीका मेयर तथा आन्द इट्टा उधोगका संन्चालक दिलिप बगडियाले यस उधोगलाई राम्रो नजरबाट सबैले हेरिदिनु पर्छ भन्नु भयो । अहिले धेरै उधोगले चिम्नीको धुवालाई फिलटर गरेर वाफ मात्र बाहिर आउने मेसिनहरु जडान हुन थालेकाले सबै सकारात्मक हुनु पर्छ भन्नु भयो ।
अरुण प्रधान र व्यावसायी महासंघका महासचिव केपी अवाल,नेपाल पत्रकार महासंघ मोरगका सभापति बन्धु पोखरेल,समेतका वक्ताहरुले कार्यक्रम सफताको शुभ कामना दिनु भएको थियो ।
कोशी इट्टा उधोग व्यावसायी संघका अध्यक्ष तथा कार्यक्रमका पनि अध्यक्ष महेन्द्र शाहले सहभागी सबैलाई स्वागत गर्नु हुदै,अहिले यस उधोगहरुले ग्रमिण क्षेत्रमा एउटा उधोग हप्तामा करिव तीन लाख सम्म मजदुरी बितरण गर्नेगरेको पाइन्छ यो सबै त्यहि ठाउमा मजदुरले रासन पानी घर खर्च गर्ने भएकाले ग्रामिण अर्थतन्त्रलाई पनि यि उधोगहरुले टेवा पुगाइरहेकाले यिनका आवाजहरुलाई पनि सरकार प्रदेश सरकारले सुनिदिनु पर्छ भन्नु भयो । 
 
.gif) 

Post a Comment