Websoft University

आजबाट पेट्रोलियम पदार्थमा सहजता आउने– आयात तर्फको वार्षिक १ अर्ब जोगिने


काठमाण्डौ भाद्र २४ गते । रातो तारा डट कम,पेट्रोलियम पदार्थको आयातका लागि वार्षिक खर्च हुँदै आएको नेपाल सरकारको करिब एक अर्ब रुपैयाँ आजबाट जोगिने भएको छ । नेपाल आयल निगमको आर्थिक विभागले गरेको सर्वेक्षणका अनुसार नेपालबाट करिब ३ सय किलोमिटरको दुरी पार गरी भारतबाट ट्याङ्करमा पेट्रोलियम पदार्थको ढुवानी गर्दा भाडामा मात्र करोडौँ रुपैयाँ खर्च हुने गरेको छ । 

नवनिर्मित मोतिहारी अमलेखञ्ज पेट्रेलियम पाईपलाईन आजबाट उद्घाटन गरी नियमित ईन्धन आउने भएसँगै ढुवानी भाडा जोगिने छ भने वातावरण प्रदुषण, ट्रापिक जामको समस्या पनि समाधान हुने भएको छ । ढुवानीका क्रममा पेट्रोलियम पदार्थको चोरी, तस्करीका घटना पनि अब सधैँका लागि बन्द हुने नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवले सीआईएनसँग बताउनुभयो । 

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २ सय ५९ दशमलव ७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखि अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर पाईपबाट पहिलो चरणमा ३१ लाख लिटर डिजल पठाएर गत साउन ३ गते परीक्षण गरिएको थियो । पाईपलाईनलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवार र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावादबाट उच्च प्रविधिमार्फत आज मध्यान्ह् १२ बजे उद्घाटन गर्ने तयारी गरिएको प्रमुख यादवले जानकारी दिनुभयो । 

पाइपलाइन निर्माणको शिलन्यास पनि दुवै मुलुकका प्रधानमन्त्रीबाट गरिएको थियो । पाइपलाइनबाट दैनिक ३० हजार किलोलिटर इन्धन भित्र्याउन सकिने निगमले जनाएको छ । यसका लागि पाइपलाइन दैनिक २० घन्टा सञ्चालन गरिने पनि निगमले जानकारी दिएको छ । पाइपलाइनबाट हालका लागि डिजेल मात्रै आयात गरिने र पेट्रोल आयात गर्न एक वर्ष लाग्न सक्ने अमलेखगन्ज डिपो प्रमुख यादवले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.