काठमाण्डौ भाद्र १६ गते । रातो तारा डट कम,सरकारले डेंगु नियन्त्रण बाहिर नरहेको र लामखुट्टे नियन्त्रणका लागि पहल भईरहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले डेंगु महामारीका रुपमा फैलिएको भनेर गरिएको प्रचार गलत भएको दाबी गरेका भए पनि हालै मोरगको सुन्दरहरैचा, गछिया प्रहरी चौकीका प्रहरी जवानलाई पनि र्डेगु रोग देखा परेकोछ । सरकारले रोग नियान्त्रका लागि तत्तकालै दिर्घकालिन योजना बनाएर गरे मात्र यो रोग नियान्त्रणमा आउने बिज्ञहरुको भनाइ रहेको पाइन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रेकट अनुसार केही महिनाअघि सुनसरीमा देखिएको डेंगु अहिले फैलिएर ४२ जिल्लामा पुगेको छ भने, १५ सय भन्दा बढि नागरिक डेंगु रोगबाट संक्रमित भएका
छन् ।

Post a Comment