Websoft University

ताप्लीमा रहेको महेन्द्र आधारभूत विध्यालयका विध्यार्थीहरु खुला चौरमा पढ्न बाध्य



श्याम राई गाइघाट असोज १ गते । रातो तारा डट कम,हावाहुरीले विध्यालयको छाना उडाएपछि उदयपुरको ताप्ली गाउपालीका ४ ठानागाउ स्थीत महेन्द्र आधारभूत विध्यालयका विध्यार्थीहरु खुला चौरमा पढ्न बाध्य भएका हुन् । गत श्रावण २२ गते वर्षा सँगै आएको हुरी बतासले विध्यालयका छानो उडाउदा विध्यार्थीहरुले बाहिर बसेर पढ्नु परेको हो ।

बालबालीकाहरु कक्षा १ देखी ४ कक्षासम्म मा अध्ययनरत लाई खुला चौरमा राखेर पढाउनु परेको विध्यालयका शिक्षक मिलन तामाङ्गले बताए । ‘हावाहुरी ले उडाएको छाना अझै मर्मत संभार गर्न सकिएको छैन । ’ शिक्षक तामाङ्गले भने ।

आर्थिक अभावको कारण मर्मत संभार नहुदा विध्यार्थीहरु लाई बाहीर राखेर पढाउनु परेको उनले बताए । ‘अहिले वर्षा भएको वेला विद्यार्थीहरुलाई विदा दिनु बाहेक अर्को कुनै विकल्प छैन । शिक्षकहरु समेत वर्षा हुदा आउदैनन् ।’ विध्यालयमा झण्डै एक महिना देखि पठनपाठन प्रभावित बनेको उनले बताए । विद्यालयले नया छान लगाई दिन ताप्ली गाउपालिकालाई पटकपटक आग्रह गर्दा कुनै सुनुवाई नभएको स्थानिय गाउलेहरु बताउछन् ।

 विद्यालयको चार कोठे भवन मध्य एउटामात्र कोठाको छानो लाई भने हावाहुरीले उडाएको छैन । पानी परेको वेला विद्यालय आएको विद्यार्थीहरुलाई एउटै कोठामा राखेर बहुकक्षा शिक्षण गर्नु परेको उनले बताए । २०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा २सय ५० जना विद्याथीहरु अध्ययनरत छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.