Websoft University

गाइवस्तुको मल मुत्र र वनस्पतिको सेउला प्रयोगबाट बनाइने अर्गानिक मल प्रयोग गर्दा उब्जनि दोवर


काठमाण्डौ भाद्र १ गते । रातो तारा डट कम,देशका विभिन्न ठाउँमा रासायनिक मलको अभाव भईरहेकाबेला काभ्रेको बनेपा नगरपालिका थुम्का गाउँका किसानलाई कुनै चिन्ता छैन । उनीहरु घरवरपरका वनस्पतीबाट बनेको कम्पोष्ट मल र गाइवस्तुको मल मात्र प्रयोग गरेर खेती गरिरहेका छन् । स्थानीय रामकुमार थापाले आफ्नो खेतबारीमा ५ वर्ष यता रासायनिक मल प्रयोग गर्नुभएको छैन ।

तर पनि उत्पादनमा कुनै कमी नआएको उहाँको अनुभव छ । थापाले भन्नुभयो, ‘पाँच वर्षदेखि मैले रासायनिक मल प्रयोग गरेरै छैन । गाइवस्तुको मल मुत्र र वनस्पतिको सेउला प्रयोग गरेर अर्गानिक मल बनाएर प्रयोग गछौं, हामीलाई रासायनिक मलको आवश्यकतै छैन ।’

यहाँका अधिकांश किसान गाई भैंसी पाल्छन् । उनीहरुले बालीनालीमा गाईभैंसीको मल प्रयोग गर्छन् । कतिपय किसानले झारपातलाई कुहाएर बनाईएको कम्पोष्ट मल प्रयोग गरिरहेका छन् । स्थानीय मैंयाँ थापाले भन्नुभयो, ‘१६ लिटर गौंत हाल्यो, १७ लिटर पानी हाल्यो र त्यो टुप्पा टुप्पामा हाल्यौं, मलचाहिँ त्यति हालेनौं ।

वनमारा, बगाइनो, बोझोहरु त्यस्ता चिजहरु प्रयोग गर्यौं । त्यसले एकदम राम्रो उब्जनी गरायो ।’ स्थानीय मखमली थापाले व्यवसायिक तरकारी खेती गर्नुभएको छ । कम्पोष्ट मल प्रयोग गरेर उत्पादन गरेको तरकारीबाट राम्रो आम्दानी भएको उहाँको अनुभव छ । थापाले भन्नुभयो, ‘पोहोर एक रोपनीमा काक्रा, भ्यान्टा, बन्दा लगाएको थिएँ, ४० हजार सम्मको बेचें । ’

कम्पोष्ट मलको प्रयोग गरेर उत्पादन गरिएको तरकारीले स्वास्थ्यमा कुनै समस्या पार्दैैन । रासायनिक मल प्रयोग गरेर उत्पादन भएको तरकारी भन्दा स्वादिष्ट पनि हुने किसानहरु बताउँछन् । गाईवस्तुको मल बाली विरुवाका लागि निकै राम्रो हुने कृषिविज्ञहरु बताउँछन् ।

तर किसानले कम्पोष्ट मलको सट्टा रासायनिक मल प्रयोग गर्ने क्रम रोकिएको छैन । रासायनिक मलको प्रयोग कम गराउन किसानलाई सचेतनाका कार्यक्रम र कम्पोष्ट मल बनाउने सीप सिकाउन जरुरी देखिन्छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.