Websoft University

सूचना आयोगको अन्तरकृया कार्यक्रम सम्पन्न


बिराटनगर भाद्र ९ गते । रातो तारा डट कम, कार्यक्रमका प्रमुख अतिथि तथा  प्रदेश १ का मा. अर्थमन्त्री इन्द्रबहादुर आङबोले कार्यक्रम उदघाटन गर्दै जनतालाई स्थानीय निकायले भन्दा पहिला  प्रदेशमा कानुन बनाएरै सूचनाको हक दिनुपर्ने धारणा राखनु भयो।

राष्ट्रिय सूचना आयोगले ७ तै प्रदेशमा सार्वभौम जनतालाई सूचनाको अधिकारमा पोैच पुर्याउने उदेश्यले कार्यक्रम गर्न १ नम्बर प्रदेश बाट सुरु गरेको कुरा जनाएको छ।

राष्ट्रलाई आघात र खतरा हुने वाहेकका सबै सूचनामा जनताको अधिकार रहने बिषयमा १ नम्बर प्रदेश सासद सचिव कर्मचारी समेतलाई आयोगका प्रमुख आयुक्त कृष्णही बांस्कोटा,आयुक्त किरण पोखरेलले अन्तरकृया कार्यक्रममा जानकारी दिनु भएको थियोे । प्रदेश सासदहरूले विभिन्न प्रश्न
समेत आयोगका बारेमा  राखेका थिए।

कार्यक्रमको सभापतित्व मा.उप सभामुख सरस्वती पोखरेलले गर्नु भएको थियो।

कार्यक्रममा १नम्बर प्रदेश सासद मन्त्रालय सचिव कर्मचारी पत्रकार प्रहरी सुरक्षाका महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.