Websoft University

इटहरीमा जेसिज सप्ताह कार्यक्रम सम्पन्न


शिव भट्टराई,इटहरी । रातो तारा डट कम-  इटहरी जेसिजले एक साता देखि विभिन्न कार्यक्रम गरी जेसिज सप्ताह मनाउदै आएको एक औपचारिक कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह  समापन गरेको छ ।

जेसिज सप्ताह अन्र्तगत आयोजित विभिन्न प्रतियोगी कार्यक्रमका विजयीहरुका पुरस्कार वितरण साथै विभिन्न क्षेत्रका प्रखर बक्ताहरुको मन्तव्य सहितको कार्यक्रम आयोजना गरि सप्ताह समापन गरिएको हो ।

इटहरी जेसिजका अध्यक्ष विनोद पौडेलको अध्यक्षता तथा १ नम्बर प्रदेसका प्रदेस प्रमुख डा गोविन्द तुम्वाह सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा साहित्यकार कुन्र्ता शर्मा , कार्यक्रम प्रस्तोता सविना कार्की , पुर्व मिस नेपाल सुगारिका केसी र सृष्टी केसीले मन्तव्य राखेका थिए । सो कार्यक्रममा सप्ताह अन्र्तगत आयोजित कार्यक्रम अन्तर वैक फुटसल प्रतियोगिता , वक्तृत्वकला प्रतियोगिता , लगायतका कार्यक्रमका विजेता तथा संयोजकहरुलाई पुरस्कार वितरण गरिएको समापन कार्यक्रमका संयोजक माधव भट्टराईले जानकारी दिए ।

इटहरी जेसिजले सप्ताह अन्र्तगत गाइजात्रा कार्यक्रम , अन्र्तर वैक फुटसल , साइबर क्र्याइम तथा दुव्र्यसनी सचेतना , स्वास्थ्य शिविर ,वृक्षा रोपण , बक्तृत्वकला , खाद्यन्न वितरण लगायत कार्यक्रम आयोजना गरेको थियो । समापन कार्यक्रममा १ नम्वर प्रदेस कानुन मस्झौदा समितिका संयोजक रेवतीरमण भण्डारी , इटहरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.