Websoft University

नेपालका कम्युनिस्ट नेता नै राजा महाराजा जस्ता हुँद– अध्यक्ष दाहाल


काठमाण्डौ भाद्र ६ गते । रातो तारा डट कम, नेपाली जनताहरु अहिले हरेक कुराले आक्रोसित सरकार एकातिर जनता एका तिर भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको हितलाई ख्याल नगरी काम गर्ने हो भने सत्ता उल्टन सक्ने सम्भावना रहेको बताउनुभएको छ । 

आज ललितपुरमा आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो सम्भावना औंल्याउनुभयो । अध्यक्ष प्रचण्डले  सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औंल्याउनुभयो । 

कम्युनिस्ट नेता नै राजा महाराजा जस्ता हुँदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनता यिनलाई पनि लखेट्नपर्छ भनेर नागरिक नै उठ्न सक्ने तर्फ सचेत रहन पनि प्रचण्डले बताउनुभयो । प्रचण्डले मार्क्स्वादलाई अक्षरशः पालना गर्नेभन्दा पनि मार्गदर्शन सिद्धान्तका रूपमा लिनुपर्ने बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.