Websoft University

भेडेटारलाई पर्यटन मैत्री बनाउन, प्रदेश सरकारसँग व्यावसायिहरुको आग्रह



बिराटनगर, भाद्र ७ गते । रातो तारा डट कम,धनकुटाको भेडेटारका पर्यटनकर्मि, होटल ब्यबशायी र स्थानीयले प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधनलाई लाई भेटेर साहशिक खेल पर्यटन संचालन र पूर्वाधार ब्यबस्थापनका लागि आवश्यक नीति बनाएर कानुनीबाटो सहज बनाइ दिन आग्रह गरेका छन् । 

पर्यटनकर्मि, होटल ब्यबशायी र स्थानीयले स्काइवाक, जिपफ्लायर, प्याराग्लाइडिङ्ग र क्नोइङ्ग जस्ता साहशिक खेल संचालन र पूर्वाधार निर्माणका लागि लगानीको वातावरण निर्माणका लागि प्रदेश सरकारको भूमिका खोजेको कुरा बताएका छन । 

भेडेटारमा संयूक्त प्रतिनिधिमण्डल सँगको भेटमा मुख्यमन्त्रि राईले बिस्तृत संभाव्यता अध्ययन र परियोजना प्रस्ताव आए नितिगत र कानुनी अड्चन फूकाएर पर्यटकिय पूर्वाधार निर्माणका लागि सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाले आवश्यक पूर्वाधार संरचना निर्माणका लागि उपयूक्त बजेटको ब्यबस्था गरिने र त्यसका लागि स्थानीयस्तरमा वातावरण तयार पार्न स्थानीयसँग आग्रह गर्नुभयो । भेडेटारमा साहशिक खेल पर्यटनका पूर्वाधार संरचना निर्माण र संचालनका लागि लगानी गर्न पर्यटनका क्षेत्रमा काम गर्ने निजी प्रतिष्ठानहरुले चासो देखाएका छन् । 

सरकारले घोषणा गरेको पर्यटनबर्ष २०२० का लागि भेडेटार मुख्य पर्यटकिय गन्तव्य हुनसक्ने स्थानीय बताउँछन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.