Websoft University

नेपाली कथानक चलचित्र मारुनिका कलाकार प्रचार प्रसारका लागि इटहरीमा


मोरङ शिव भट्टराई  भाद्र ४ गते। रातो तारा डट कम,नेपाली कथानाक चलचित्र मारुनीको प्रोमोसनका लागि मारुनी नेपाल टुर नाम दिएर निर्देशक सहितको एक टिम पुर्वमा आएको छ ।

यही भाद्र १३ गते देखि प्रर्दसनमा आउन लागेको मारुनीको प्रोमोसनका लागि निर्देशक नवल नेपाल सहितका कलाकारको एक टोली पुर्व आएको हो ।

मारुनी नेपाल टुर नाम दिएर चलचित्रको प्रचारप्रसार थालेको मारुनी टिमले इटहरीबाट प्रचारप्रसार अयिभयान थालेको इटहरीमा पत्रकार सम्मेलन गरि निर्देशक नेपालले जानकारी दिए । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा समाजिक विषयवस्तुलाई उठान गरिएको समेत उनले वताए । चलचित्रकी निर्माता फेशन डिजाइन पुनम गौतमले समाजमा लुकेका विषयवस्तुहरुलाई कथामा उतारिएको वताइन ।

 चलचित्रका नायक पुष्कर खड्का , नायिका सामराज्य लक्ष्मी शाहले पनि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिएका थिए ।त्यस्तै कलाकारहरुले साँझमा रोड सो गरी चलचित्रको प्रचारप्रसार गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.