Websoft University

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डको सुचारु



काठमाण्डौ भाद्र ५  गते । रातो तारा डट कम,राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा रोकिएको काम हाल सुचारु भएको छ । असार पहिलो सातादेखि रोकिएको काम पुनः शुरु भएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएकोछ । लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिस थापा मगरले पूर्व बेतनी देखि १ सय ५ जना कामदारले कामको शुरुवात गरेको जानकारी दिनुभयो । थप ४० जना कामदार थपिने र स्तरउन्नतीको काम दू्रत गतिमा अगाडी बढ्ने मगरले बताउनुभयो । निर्माण कम्पनीले अहिले ५ वटा डोजर प्रयोग गरी भिरबाट खसेको माटो पन्छाउने र सडकका खाल्टाहरु पुर्ने काम शुरु गरेको आयोजना कार्यालयले जनाएको स्थानिय रेडियोहरुले जनाएका छन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.