Websoft University

इन्टरनेट कुलतले युवाहरूमा नै देखिन थाल्यो मेरुदण्ड खिइने र अन्य जटिल रोग


काठमाण्डौ साउन २८  गते । रातो तारा डट कम,यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक यो पोष्टलाई शेयर गर्नुहोस् ,भककभलनभच यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर यो पोष्टलाई शेयर गर्नुहोस् इमेल शेयर गर्नुहोस्

केही समयअघि गर्धन दुख्ने समस्या लिएर आएका २५ वर्षीय युवकलाई मेरुदण्डको हाड खिइने जटिल रोग भएको अनुमान हाडजोर्नीसम्बन्धी चिकित्सक राजेश महर्जनले गरेकै थिएनन्। प्रायस् ५५ वर्षमाथिका पुरुषमा देखापर्ने रोग ती युवकमा देखेर डा। महर्जन अचम्ममा परे।

एक्सरे रिपोर्ट हेर्दा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने ती युवकको सामान्य अवस्थामा फर्कनै नसक्ने गरी हाड खिइसकेको रहेछ। पछिल्लो समय गर्धन दुख्यो र रिँगटा लाग्यो भन्दै जँचाउन आउने युवाहरूको सङ्ख्या दिनानुदिन बढ्दै गरेको डा। महर्जनको अनुभव छ।

अत्यधिक कामले थाकिरहनुभएको त छैनरु
बिर्सने रोग डिमेन्सिया व्यवस्थापन गर्ने उपायहरू
ती युवकको दिनचर्या र जीवनशैली सोधेपछि उनलाई पक्का भयो अधिकांश युवाहरूजस्तै उनको पनि कम्प्युटर र मोबाइलमा धेरै समय बित्ने रहेछ।

इन्टरनेट कुलत
उनलाई इन्टरनेटको कुलत केही वर्षदेखि रहेछ र उनी कार्यालयमा काम गर्दा होस् वा घरमा बस्दा कि कम्प्युटर कि मोबाइल चलाएर एउटै आसनमा घण्टौँ बस्ने रहेछन्।

डा, महर्जन भन्छन्, हाम्रो शरीर कम्प्युटर चलाउँदा बस्ने वा मोबाइल चलाउँदा पल्टिने आसनका लागि बनेकै होइन।

तर पछिल्लो समय गर्धन दुख्यो भनेर आउने अधिकांश बिरामीको समस्या उनीहरू धेरै बेरसम्म एउटै ठाउँमा हलचल नगरी बस्नु हो। ‏विनिता दाहाल,बीबीसी 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.