Websoft University

मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा २२ गुना बढी सुल्क लिएर बिधार्थी ठगि गर्दै, सरकार चै चुप


काठमाण्डौ साउन १७ गते । रातो तारा डट कम,मेडिकल शिक्षालाई व्यवस्थित बनाउन सरकारले तोकेको भर्नामा योग्यताक्रम, शुल्क र सीट संख्याको मापदण्ड कलेजहरुले नै तोड्ने गरेका छन् । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले बनाएको उपसमितिले मेडिकल कलेजहरुले तोकेको भन्दा १० देखि २२ लाखसम्म बढी शुल्क लिएको निष्कर्ष निकालेको छ । 

सरकारले काठमाडौँ उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बिडिएसतर्फ १९ लाख ३२ हजार ६१२ निर्धारण गरेको थियो । तर,काठमाडौंको किष्ट, चितवनको चितवन मेडिकल कलेज, वीरगञ्जको नेशनल, पोखराको गण्डकी र भैरहवाको युनिभर्सल मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेजले धेरै शूल्क लिइरहेको पाइएको संसदीय अध्ययन उपसमिति संयोजक शुरेश राईले सीआइएनलाई जानकारी दिनुभयो । 

उपसमितिले सबै मेडिकल कलेजहरुको अनुगमन तथा सम्बन्धित व्यक्तिहरुसंग छलफल गरिसकेको छ । काठमाण्डौैं उपत्यकामा १३ र उपत्यका बाहिर ९ गरि अहिले २२ ओटा मेडिकल कलेज सञ्चालनमा छन् । अब उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा छलफल हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, मन्त्रालयका पदाधिकारी, मेडिकल कलेज सञ्चालक र अरु सरोकारवाला व्यक्तिहरुसंग छलफल गरेपछि प्रतिवेदन संसदमा पेश हुनेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.