Websoft University

अवरुद्ध सिद्धिचरण राजमार्गमा शनीबारदेखि संचालनमा आयो


श्याम राई-गाईघाट,साउन २६ गते । रातो तारा डट कम,लामो समयदेखि अवरुद्ध सिद्धिचरण राजमार्गमा शनीबारदेखि संचालनमा आएको छ । असार अन्तिम साता परेको वर्षाको कारण उक्त राजमार्गको ठाटीमा गएको भिषण पहिरोले सडक बगाएपछि अबरुद्ध बाटो को मर्मत संभारपछि यातायात सूचारु भएको हो । 

२४ दिनदेखि अवरुद्ध बाटो खुलाउन सडक डिभिजन कार्यालय लहानले दिन रात पहिरो हटाउँदै बाटोको नयाँ ट्रयाक बनाएपछि दिउसोदेखि संयौ सवारी साधन चलेका छन् । उक्त सडक बेतिनी–घुर्मि खण्डमा पहिरोको कारण रोकिएका १ सय २० वटा साना ठूला गाडी बाटो खुलेसँगै गन्तब्यतर्फ लागेका छन् ।

लहान सडक कार्यालयका डिई विनोद कुमार साहले दुई हप्ताको अथक प्रयासपछि बाटो खुल्न सकेको बताए । उनले पहिरोले पूरानो बाटो बगाएर कामै नलाग्ने भएपछि पूर्व तर्फको डाँडा कटिङ्ग गरेर नयाँ ट्रयाक खोलेको बताए । ठाटीको भिरमा विगतमा पनि पहिरोले ठूलै समस्या पार्दै आएको उनले बताए ।

तराईबाट उत्तरी पहाडी जिल्ला खोटाङं, खोखलढुंगा र सोलुखुम्बुसँग सिधा यातायात जोडिने भएकोले उक्त राजमार्ग बन्द हुदा ति जिल्लाहरुमा दैनिक उपभोग्य सामाग्रीको निकै अभाब भएको थियो ।

यातायात संचालन भएसँगै ठूलो परिणाममा खाद्यन्न, औषधी, लत्ता कपडा र अन्य दैनिक उपभोग्य सामाग्री पहाडी जिल्ला निर्यात भएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका सदस्य पवन श्रेष्ठले बताए । बाटो मर्मत संभारको लागि ठूलै धनराशी खर्च भएको डिई साहले बताए । उनले उक्त बाटोको लागि झण्डै ५० लाख खर्च भएको बताए ।

बाटो मर्मत संभारमा प्रयोग गरिएका लोडर, स्काभेटर, क्रेटर र टिफर भाडामा लिएर ईन्धन सडक कार्यालयबाट उपलब्ध गरिएको साहले बताए ।

कटारी नगरपालिकाले अवरुद्ध सडक सूचारु गर्ने बेला औपचारीक कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त कार्यक्रममा मेयर काजी श्रेष्ठले सडक कार्यालयले समयमा नै बाटो मर्मत संभार गरेकोले अवरुद्ध सडक चाँडै खुलेको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.