Websoft University

वर्षाले बाटो भत्किदा दुइ गाउँपालिकाका जनता खाँधन्न अभावको संकटमा परे


श्याम राई उदपुर गाइघाट साउन १७ गते । रातो तारा डट कम,उदयपुरका ताप्लि र लिङचुङबुङ गाउपालिकामा दैनिक उपभोग्य बस्तुको चरम अभाव भएको छ । वर्षा पछिको बाडी र पहिरोले ति दुइ गाउपालिकाको क्षतिग्रस्त ग्रामीण सडक को अझै मर्मत संभार हुन नसक्दा ढुवानी अवरोधले स्थानीयहरुले दैनीक उपभोग्य सामग्रीको अभाव झेल्नु परेको छ । असार अन्तिममा भएको भिषण वर्षाले एक महिना देखी तराई बाट कुनै सामान को ढुवानी खाद्यान्न लगायतका अति आवश्यक सामग्री गाउमा पुग्न सकेको छैन ।

ती दूई गाउपालिका भौगोलिक रुपामा निकै विकट रहेको छ । यसको सडक क्षतिग्रस्त भएपछि त्यसभेगमा मालसामान पृु¥याउने अर्काे विकल्प छैन । अहिलेको अवस्था हेर्दा ति दूइ गाउपालिकामा प्राकृतिक नाकावन्दी लगाएको भान हुन्छ । लिङचङबुङ गाउपालिकाले गाउपालिकालाइ संकटग्रस्त गाउपालिका घोषण गरेर प्रदेश र केन्द्र सरकारसग सहयोग मागेको छ । 

प्राकृतिक विपतिले स्थानीय को जनजीवनमा कठिन ल्याए पछि संकट ग्रस्त गाउपालिका घोषणा गरीे लिङचुङबसङ गाउपालिकाका अध्यक्ष मेजर राइले बताए । गाउमा अहिले अभावै अभाव छ, हिड्नलाइ बाटो समेत छैन । गाउँमा कूनै सामान आयात हुन सकेकोछैन । अध्यक्ष राई ले भने । विग्रीएको बाटो नबने सम्म गाउमा दैनीक उपभोगक्य समान आउन संभव छैन ।

त्यसैले बाटो चाडो बनाउन प्रदेश र केन्द्रीय सरकार सग माग गरेका छौ ।ु उनले भने । बाटो भत्किएकोले पुन बाटो मर्मत संम्भार गरेर पहिलेकै अवस्थामा ल्याउन तीन महिना भन्दा बढी समय लाग्ने उनले बताए । हामीले सक्ने जती बाटो मर्मत संभार गरीरहेका छौ तर अधिकांस भागमा बाटो पुरै बगाएकोले नयाँ संरचना बनाउन पर्ने हुन्छ । 

अध्यक्ष मेजर राइ ले भने । ताप्ली गाउपालिका अध्यक्ष उद्धव सिंह थापाले स्थानीय ले दीैनिक उपभोग्य बस्तुको अभाव व्यहोर्नु परेको बताए । गाउ जोडिने एक मात्र सडकलाइ क्षति पुगेपछि मालसामान एक महिनादेखी आयात ठप्प भएको बताए । गाउका सबै पसल रीत्ती सकेको छ । मालसामान पाउन मुस्किल 
पर्छ । अध्यक्ष थापाले भने । दैनीक उपभोग्य सामग्री नपाउदा स्थानीय समस्यामा परेको उनले बताए ।

क्षतिग्रस्त बाटो मर्मत संभार नहुदा गाउमा कूनै मालसामान भित्रीएको छैन । गाउपालिकाले क्षतिग्रस्त बाटो बनाउने अवस्था छैन । सरकार लाई आग्रह गरेको छैन । तर अझै काम भएको छैन र उनले अव कती दिन यस्तै गरी बस्नु कूनै टुङ्गो नभएको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.