काठमाण्डौ साउन २९ गते । रातो तारा डट कम,गायक डीबी तामाङ नेपाली संगीतमा नयाँ नाम पक्कै होइन । गायक तामाङले सन् २०१४ मा " एउटा तारा " नामक एल्बम सार्वजनिक गरिसकेका छन् । तेस्पश्चात सन् २०१५ उनले " बुद्द संदेश भाग २ "  सार्वजनिक गरेका थिए । उनले गाएका " उहिले हामी ", " निलो निलो "   " तिमी बिना "  बोलका गीतहरु सोर्ता दर्शकले सुनिसकेका छन् । 
हाल अमेरिकामा भएका गायक तामाङले केहि  दिन अघि मात्रै " आज पनि तिम्रो याद "  बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आज पनि तिम्रो याद बोलको सेण्टिमेन्टल भर्सनको यस गीतमा स्वर  डीबी तामाङको रहेको छ भने शब्द लक्की राशिको रहेको छ । गीतमा संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ । गीतको एरेञ्ज्मेण्ट साहस शाक्यले गरेका हुन । 
रमणीय ठाउमा छायांकन गरिएको यस गीतको भिडियोलाई बाशु बरालले खिचेका हुन । बिष्णु खड्काले भिडियो सम्पादन गरेका हुन । कमल सिंह , चन्दा दहाल , आकाश ईडोको अभिनय रहेको भिडियोलाई बिक्रम दहालले निर्देशन गरेका हुन । सन् २०१९ मा आफ्नो नयाँ एल्बम सार्वजनिक गर्ने तयारीमा रहेका गायक तामाङको आफ्नै अफिसीएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
 
.gif) 
Post a Comment