Websoft University

दूधको मुल्य बढाउन कार्यदल गठन–खुल्ला दुध बिकृबितरणमा रोक लगाइनु पर्ने


बिराटनगर साउन ३० गते । रातो तारा डट कम, नेपाल सरकारले दुधको नयाँ मूल्य निर्धारण गर्न कार्यदल गठन गरेको छ । कृषक र व्यवसायीको दवावपछि दूधको मूल्य बढाउने निश्कर्षमा पुगेको सरकारले गर्नु पर्ने जति अध्यायन नै नगरी मुल्या बृद्घिका सिफारिस गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ ।

कृषि तथा पशुपञ्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले गठन गरेको कार्यदलले दिएको सुझावका आधारमा दूधको नयाँ मूल्य निर्धारण जनाएकोछ । गठित समितिले मूल्य निर्धारणको आधार विश्लेषण, क्षेत्रगत रुपमा दूधको उत्पादन लागत विश्लेषण, दूध ढुवानी र चिस्यान खर्च तथा दूध उत्पादनमा मौसमी प्रभावजस्ता ९ विषयको अध्ययन तथा विश्लेषणबाट बढाउनुपर्ने कृषि मन्त्रालयले जनाएको छ । 

अहिले बजारमा पाएका खुल्ला दुध र दुध पदार्थ रोक लगाउने सरकारले भने पनि रोक नलगाउदा दुध उपभोक्ताहरुले मिसावट भएको दुध खान बाध्य भएका छन । दुध को मुल्य बढाउनु पहिला उपभोक्ताको हितमा पनि कृषि मन्त्रालयले काम गर्नु पर्ने थियो तर त्यसो गरेको भने पाइएको छैन । जे होस खुल्ला दुध बिकृबितरणमा सरकारले रोक लगाउन सरकार संग उपभोक्ताहरुले माग राखेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.