Websoft University

खुर्कोट–घुर्मी खण्डको सडकमा झन्डै ४ करोड बराबरको क्षति


काठमाण्डौ साउन २८ गते । रातो तारा डट कम, यो वर्ष भएको बाढी पहिरोका कारण पुष्पलाल (मध्य पहाडी) सडक अन्तर्गत खुर्कोट–घुर्मी खण्डमा झन्डै ४ करोड बराबरको क्षति भएको छ । असार अन्तिमदेखि साउन पहिलो साता सम्म परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण चार करोड बराबरको क्षति भएको पुष्पलाल (मध्य पहाडी) सडक योजना काभ्रे धुलिखेलले जनाएको छ । सिन्धुलीको खुर्कोटदेखि घुर्मीसम्म पहिरो गएको, सडक भत्केको र पुलमा क्षति भएको छ । बाढी पहिरोका कारण अवरुद्ध सडक वर्षा रोकिएपछि सामान्य रुपमा पहिरो पन्छाएर अहिले एकतर्फी सञ्चालन भईरहको योजनाको काभ्रे धुलिखेलका इन्जिनियर तथा सुचना अधिकारी इश्वर कार्कीले जानकारी दिनुभयो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.