Websoft University

अवैध उत्खननमा सक्रिय ७ ट्याक्टर र २ ट्रिपर पक्राउ


शिव भट्टराई-मोरङ । रातो तारा डट कम,अवैध रूपमा मिक्स गिट्टी उत्खननमा सक्रिय ७ वटा ट्याक्टर र २ वटा टिपर प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ।सुन्दरहरैचा नगरपालिका(५ स्थित लाटिझोडा र गछिया खोलाबाट प्रहरीको गस्ती टोलिले ति ट्याक्टर र टिपर नियन्त्रणमा लिएको हो। 

प्रहरीले पक्राउ गर्ने क्रममा १० थान खन्ने साधन, ९ थान छान्ने जाली बरामद गरेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिईएका ट्याक्टर र ट्रिपरलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यलय बेलबारी पठाएको प्रहरी चौकी गछियाले जनाएको छ।

त्यसैगरी श्रावण ११ गते देखि हाल सम्म बिभिन्न गतिविधिमा संलग्न व्यक्तिहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीले लागु पदार्थ सेवन गर्ने करन चौधरी , देवेन राई, रेशा थापा र सागर सापकोटालाई आसरा सुधार गृह पठाएको साथै मदिरा सेवन गरी सार्वजनिक स्थलमा हो हल्ला गर्ने ५ जना , गुण्डागर्दीमा संलग्न सनम घिसिंग, विनिल श्रेष्ठ अन्य दुई जना गरी जम्मा ४ जना त्यस्तै मोबाइल तथा अन्य खुद्रा चोरी गर्ने गोविन्द दर्जीलाई पक्राउ गरी इलाका प्रहरी कार्यलय बेलबारी पठाएको प्रहरी चौकी गछियाले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.