Websoft University

सुन्दरपुर सहकारीद्वारा पत्रकार सहित विभिन्न व्यक्तिलाई सम्मान गर्यो


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वार्ड नं.६ मा रहेको सुन्दरपुर बचत तथा ऋण सहकरी संस्थाको २३औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको ३ दिने कार्यक्रम अन्तर्गत दौड प्रतियोगिता, म्यूजिकल चेयर, बल थ्रो साथै रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहकारी समन्वय समिति सुन्देरहरैचाका अध्यक्ष नरेन्द्र बस्नेतको प्रमुख अतिथ्यता रहेको थियो भने सोही संस्थाका अध्यक्ष कृष्ण प्रसाद दाहालको सभापतित्व रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले विभिन्न व्यवसायीहरु , व्यापारीहरु , उद्योगीहरु र आम जनतालाई नेपाली अर्थतन्त्रमा समावेश गराउने मुख्य जिम्मेवारी सहकारीको रहेको बताएका छन्।त्यसैगरी वृद्धवृद्धाहरुलाई सम्मान,रोगीलाई रक्तदान , युवाहरुलाई खेलकुद त्यस्तै विभिन्न माध्यमबाट सहकारीले सहयोग पुर्याएको अतिथि साना किसान कृषि सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रवीन्द्र आचार्य लगायत विभिन्न सहकारी अभियन्ताहरुले बताएका छन्।

श्रावण ३१ गते शुक्रबार सुुरु भएको ३ दिने कार्यक्रम अन्तर्गत भएको खुल्ला महिला दौड प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने संजिता चौधरी,मनुका तामाङ, तारा राई,सुजता चौधरी त्यस्तै खुल्ला पुरुष दौड प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुने सुजन लिम्बू,सुजन राई, दुर्गामनि राई , महिला म्यूजिकल चेयरमा प्रथम, दोस्रो र तेस्रो हुने रचना पोख्रेल, गंगादेवी खत्री,दिल कुमारी कार्की साथै पुरुष बल थ्रो प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुने मिलन कुमार श्रेष्ठ, प्रकाश राई, अजय राई लगायतलाई नगद सहित प्रमाण पत्र वितरण गरिएको थियो।

त्यसैगरि कार्यक्रममा पत्रकारिताको माध्यमबाट प्रचार प्रसार गर्ने कार्यमा संस्थालाई सहयोग पुर्याउने पत्रकार शिव भट्टराई भोजपुरेलाई सम्मान गरिएको थियो। त्यस्तै सोही अवसरमा संस्थाका सेयर सदस्य मध्ये असल ऋणी , उत्कृष्ठ वचत कर्ता आदिलाई पुरस्कार वितरण गर्दै आईतबार सुन्दरहरैचा-४ मा रहेको सिग्देल भवनको सभाहलमा समापन भएको छ भने कार्यक्रम सोही संस्थाका सचिव चुडमणि दुलालले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.