Websoft University

प्राकृतिक प्रकोपबाट पिडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भिर ःप्रधानमन्त्री ओली


काठमाण्डौ साउन १७ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पिडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताउनुभएकोछ । प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले बाढी पिडितहरुलाई तत्कालिन भन्दा पनि दीर्घकालिन समाधानका लागि सरकारले योजना बनाइरहेको बताउनुभएको छ । “बाढी र डुबानको समस्या समाधानको दीर्घकालिन उपायको लागि सरकारले योेजना बनाउदैछ” प्रधानमन्त्री ओलीले भन्नुभयो । 

बर्षेनी देशमा हुने यस्तो समस्याको दीर्घकालिन समाधानका लागि समुदायलाई नै परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बाढी र डुबानका कारण हुने जनधनको क्षती न्यून गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन पनि गर्नु पर्ने पनि उहाँले बताउनुभयो । केही समयपछि बाढीको क्षतीको अवलोकन र राहातको केही कार्यक्रम सहित प्रदेश नं २ मा आँउछु प्रधानमन्त्री ओलीले सांसदहरुसँग भन्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.