Websoft University

नक्कली नोटले गाउँ घरमा समस्य पार्दै-पक्राउ परेका बाट अनुसन्धान सुरु


श्याम राई-ईघाट साउन २२ गते । रातो तारा डट कम,शहर बजार केन्द्रीय नक्कली नोटको कारोवार अहिले ग्रामिण क्षेत्रमा हुन थालेको छ । प्रहरीले उदयपुरको सिवाइबाट नक्कली नोट सहित एक बालकलाई पक्राउ गरेपछि नक्कली नोटको कारेबार गाउ देहातमा समेत हुन थालेको पुष्टी भएको छ ।  

चौदण्डी नगरपालिका ५ सिवाइमा  प्रहरीले १५ वर्षिय अनिल मिया लाई मंगलबार साँझ हजार दरका ४० थान नक्कली नेपाली नोट सहीत पक्राउ  गरेको  हो र साझ स्थानीय नेता देखी चोधरीको पसलमा १ सय ४० रुपैयाको सामान खरीद गर्दा मियाले पसलेलाई १ हजारको  नोट दिएका थिए । पसलेले खुद्रा नभएको भन्दै फर्काए पछि उनले पर्वत गुप्ताको पसलमा मोबाइलको रिचार्ज कार्ड किन्दा १ हजारको नोट निकालेर दिएका थिए । 

गुप्ताले हेर्दै नक्कलीजस्तो देखीएपछि उक्त नोट नक्कली हुन सक्ने आसंकामा प्रहरीलाई खवर गरेका थिए । प्रहरी आउनु अघि नै ती बालकले यो त हैन भन्ने उक्त नोट च्यातेका थिए । नोट च्यातीरहेको अवस्थामा नै प्रहरीले मियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस्पी विर बहादुर बुढा मगरले बताए । 

प्रहरीले बालकको कोठा खानतलासी गर्दा अन्य ३९  थान नक्कली रुपैया बरामद गरीएको एस्पी बुडा मगरले बताए । बाहिर बाट ल्याएर ग्रामिण बजारमा नक्कली नोटको कारोबार गरीएको देखीन्छ । एस्पी बुडा मगर भने । नक्कली नोटका कारोबारीले उक्त कार्यमा बालबालकिालाई प्रयोग गरेको
बताए । 

मियाबाट बरामद नक्कली नोट बाहिर बाट आएको खुल्न आएको छ तर कस्ले पठायो भन्ने बारे केही खुलेको छैन । प्रहरीले मिया लाई हिरासतमा राखेर अनुसन्धान गरीरहेको उनले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.