Websoft University

लागुऔषध सहित १ जना पक्राउ


उदयपुर, श्रावण २१ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका-६ का २२ बर्षीय सुदिप परियार लागु औषध सहित पक्राउ परेका छन् । सोमवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय जलजलेबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले परियारलाई जलजले चौकबाट लुपिजेसिक-५ एम्पुल, फेनारागन-५ एम्पुल र डाईजेल्याव ५ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.