Websoft University

एम्बुलेन्स दुर्घटना ११ जना घाईते


बिराटनगर, श्रावण २१ गते । रातो तारा डट कम,उदयपुर र सुनसरीमा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा ११ जना घाईते भएका छन् । झापाबाट उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाट तर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स आज बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका-६ चुरेमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा एम्बुलेन्समा सवार त्रियुगा नगरपालिका-६ का सदहरुल मिया, निजको छोरी २८ बर्षीया सहिजा मिया, सोही स्थान बस्ने ३५ बर्षीय मोहमद हमिद, बर्ष ४० की सहिपुन खातुन, बर्ष ७५ की हजरा खातुन, त्रियुगा नगरपालिका-१२ की ३२ बर्षीय अम्बिका बि.क. र निजको छोरा ११ बर्षीय अशोक बि.क. घाईते भएका हुन् । 

घाईते सबैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ भने चालक र एम्बुलेन्स ईलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  । यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका-१ बाट सुत्केरी ब्यथा लागेको बिरामी बोकेर बिराटनगर तर्फ आउँदै गरेको स १ झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका-२ को थलाहा पुलमा आज बिहान ३:१० बजे ठोक्किएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार उदयपुर गढी गाउँपालिका-१ की ३२ बर्षीया सबिना बास्तोला (सुत्केरी ब्यथा लागेको बिरामी), निजको श्रीमान ३६ बर्षीय खेम बहादुर बास्तोला, सोही स्थानका ३६ बर्षीय सिताराम बास्तोला घाईते भई बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचार भईरहेको छ भने चालक सोही स्थानका २८ बर्षिय नीर बहादुर पुलामी मगरको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.