Websoft University

मानेभज्याङ बस दुर्घटनामा ३ जनाको मृत्यु–१७ घाइते


बिराटनगर असार २५ गते । रातो तारा डट कम,ओखलढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा आज विहान ३ बजे बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । 

बसका चालक झापा पत्थरीका ८ घर भएका कृष्ण बहादुर बस्नेत, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुली कमलामाई नगरपालीकाका लाल बहादुर धामीको घटना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिनुभयो  । घटनामा १७ जना घाईते भएका छन् । 

घाईते मध्ये ५ जनाकोे अवस्था गम्भीर छ । गम्भीर अवस्थाका ५ जनालाई एम्बुलेन्स मार्फत काठमाण्डौ पठाईएको छ । अन्य घाईतको उदयपुरको घुर्मी स्थित आस्था हस्पिटलमा उपचार भईरहेको छ । पूर्वको काँकडभित्ताबाट यात्रु लिएर सोलुखुम्बुको सल्लेरीका लागि छुटेको भाग्य रेखा यातयातको रात्री बस सडकबाट करिब २५ मिटर तल झरेको थियो ।  दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.