Websoft University

काठमाडौं भित्रिने तरकारी र फलफूलमा विषादी भेटिएन


काठमाण्डौ साउन ३ गते । रातो तारा डट कम,काठमाडौँको कालीमाटी तथा फलफूल बजारमा आयात गरिएको तरकारीमा मापदण्डभन्दा बढी विषादी नरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । कालिमाटी बजारमा गरिएको परीक्षणमा कुनै पनि आयातीत तथा आन्तरिक रुपमा उत्पादन भएका तरकारीमा खान नमिल्ने खालको विषादी नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्री चत्रपाणी खनालको निर्देशनपछि विभागले कालीमाटी बजारमा आयातीत तरकारीमा विषादी भए÷नभएको बारे परीक्षण गरेको थियो । मन्त्री खनालले गत शुक्रबार कालीमाटीमा भित्रिएका तरकारीको नमूना सङ्कलन गरी विषादी परीक्षणको प्रतिवेदन बुझाउन विभागलाई निर्देशन दिनुभएको थियो ।

 विभागले बुझाएको प्रतिवेदन अनुसार ९ वटा उत्पादनमा ३० प्रकारका विषादीको परीक्षण गर्दा खान नमिल्ने खालको विषादी नभेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार सुनसरीको लौका, रामकोट काठमाडौंको गोलभेडा र भक्तपुरको बोडी तथा भारत कानपुरको आलु र लौकामा एकै प्रकारको क्लोरो पाइडापस नामक विषादी प्रयोग भएको छ । 
९ वटा उत्पादनमा ३० वटा विषादीको जाँच गर्दा सबैमा निलो अर्थात सरकारले तोकेको मापदण्ड भित्रै विषादी प्रयोग भएको देखिएको विभागले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.