Websoft University

उदयपुरमा पनि वर्षाका कारण जनजीवन प्रभावित–कतै बाढी कतै पहिरो-पहाडी क्षेत्रका सडकहरू अबरुद्ध,यातायात ठप्पै


श्याम राई–उदयपुर गाईघाट असार २७ गते ।
रातो तारा डट कम,केहि दिन देखि निरन्तर परिरहेको भारी बर्षाले उदयपुरको जनजिवन प्रभावित तुल्याएको छ । बर्षाले जिल्लाको ग्रामिण सडकलाई क्षति तुल्याएको छ, भने पहाडी भेगका अधिकांश ठाउँमा यातायात सेवा ठप्प पारेको छ ।


खोटाङ जाने सडक, इनामे, माझखर्क,भुट्टार, वराहा, लगाएतका एक दर्जन पहाडी भेगमा बर्षाका कारण दुई दिन देखि अबरुद्ध भएकै कारणले यातायात संचालन हुन सकेको छैन । बर्षाले सडक भत्काउनकोसाथै पहिरो खसेर बाटो अवरुद्ध तुल्याएपछि पहाडी भेगमा चल्दै गरेको साना तथा ठुला सवारी साधन विहिबार देखि वन्द भएको यातायात व्यवसायी टेकेन्द्र कार्कीले बताए ।

विहिबार साँझ देखि निरन्तर परिरहेको भारी बर्षाको कारण सदरमुकाम गाईघाट स्थित त्रियुुुगा र वरुवा नदीमा आएको बाढीले बस्ती आसपासको क्षेत्रमा कटान सुरु गरेपनि खासै ठुलो विनाश गरेको छैन । वरुवा खोलामा आएको बाढीले गाईघा–बेल्टार सडक खण्डको पुर्वि क्षेत्रको बसपार्क देखि झण्डै ५० मिटर उत्तर तर्फको बाँधको स्पर लाई सामान्य क्षतिपुस्याएको छ । 

 थप क्षति नपुगोस भनेर स्थानिय प्रसाशनले मुख्य सतर्कता अपनाएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी विर वहादुर बुढा मगरले बताए । निरन्तरको बर्षा पछि नगर क्षेत्रको पुरानो गाईघाट, साकेला टोल, मुसहर बस्ती जलमग्न बनेको छ । ति क्षेत्रका घर बस्ती भित्र पानी पसेको कारण स्थानिय समस्यामा परेका छन् । 

बर्षाको कारण आएको बाढी पहिरोले अहिले सम्म कुनै मानविय क्षति नपुगेको एसपी मगरले बताए । निरन्तर बर्षाले सनसान बनेको गाईघाट बजार दिउँसो केहिबेर बर्र्षा रोकिएपछि भने बजार क्षेत्रमा केहि चहलपहल बढेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.